डेढ कराेडकाे लगानीमा घाेराहीकाे विपि चाेकमा खुल्याे मझेरी राेधी घर

घाेराही, १८ भदाैं । दाङकाे घाेराहीमा करिब एक करोड ५० लाख रूपैयाँ लगानीमा मझेरी राेधी घर खुलेकाे छ ।

घाेराहीकाे विपि चाेक स्थित क्पापिटल हस्पिट्यालिटी बसेकाे ठुलाे भवनकाे अण्डरग्राण्डमा राेधी घर खुलेकाे हाे । राेधी घर प्रत्यक दिन बेलुकी ६ बजेपछि रेष्टुरेन्टकाे सेवा सहित दाेहाेरी साझ सञ्चालन हुने छ ।

दिउसाे विभिन्न परिकार सहितको रेष्टुरेन्ट सेवा सञ्चालन सञ्चालक महेन्द्र बुढाथोकीले जानकारी दिनुभयाे । ‘दिउसाे अन्य रेष्टुरेन्टहरूले जस्तै हामीले नियमि सेवा उपलब्ध गराउने छाैं,’ उहाँले भन्नुभयाे, ‘बेलुकी पारिवारिक वातावरणमा लाेक संस्कृतिलाई जगेर्ना गर्ने गरि दाेहाेरी सञ्चालन हुने छ ।’

दाेहाेरीमा राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने अर्का सञ्चालक प्रेम शर्माले जानकारी दिनुभयाे । ‘हामीले काठमाण्डाैंकै अनुभुती हुने गरि व्यवस्थितरूपमा दाेहाेरी साँझ सञ्चालन गरेका छाैं,’ उहाँले भन्नुभयाे, ‘दाङमा शहरीकरण भएकाे याे एउटा उदाहरण हाे ।’

रेष्टुरेन्टमा सर्वसुलभ सेवा उपलब्ध भएकाे अर्का सञ्चालक राजेन्द्र दाहालले जानकारी दिनुभयाे । हरितालिका तीजकाे अवसरमा दिउसाे महिला दिदी बहिनीहरूले हल बुक गरेर संस्कृति कार्यक्रम गर्न सक्ने उहाँले बताउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *