सहिद परिवारलाई सम्मान गर्दै तुल्सीपुर १६ ले गर्‍यो अभियानको उद्घाटन

तुलसीपुर, १६ भदाै । तुल्सीपुरको वडा नं १६ मा जनतासँग माओवादी विशेष रुपान्तरणको ३ महिने अभियानको आज उद्घाटन गरिएको छ ।

अभियानको उद्घाटन गदैं प्रमुख अतिथि माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवं वडाको अभियान संयोजक सुशीला शर्माले यो विशेष अभियानले पार्टी भित्र र बाहिर दुबै ठाउँमा ठुलो परिवर्तन ल्याउने बताउनु भयो । जनतासँग पार्टीको सम्बन्धलाई बलियो बनाउने यो अवसरलाई हरेक सदस्यले छोप्न सके माओवादी पहिलो राजनीतिक पार्टी बन्ने बताउनु भयो ।

वडा नं १६ का पार्टी अध्यक्ष कमल नेपालीको अध्यक्षता रहेको कार्यक्रमको बिशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य शिबानन्द डांगीले यो अभियानले पार्टीलाई जनतासँग जोड्ने र सरकारलाई बलियो बनाउने बताउनु भयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य घनश्या डांगी,नगर कार्यालय सदस्य मिनराज वली लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा गणतन्त्र ल्याउन ठुलो योगदान,त्याग र बलिदान गर्नु हुने शहिद परिवार,पुर्बजनमुक्ति सेना घाईते,अपाङ,बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *