चेतना अनलाइन
तुलसीपुर, १६ भदौ । ‘घर,घरमा माओवादी, जन, जनमा माओवादी’ जनता सँग माओवादी बिशेष रुपान्तरण राष्ट्रिय अभियान शुरू भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षत तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल‘प्रचण्ड’ले शनिवार देशभरका ६हजार ७ सय ४३ वडामा एकैसाथ गरेका छन् ।
जस अनुुसार तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वडा कमिटिले पनि एक कार्यक्रमको आयोजना गरी रुपान्तरण अभियान सुरु गरेको छ । वडा कमिटी अध्यक्ष लोकबहादुर बहकरी अध्यक्षता तथा अभियानका वडा संयोजक अजयदिप शर्माको विशेष उपस्थितीमा अभियान सुरु गरिएको हो ।
रुपान्तरण अभियानका उद्घाटन कार्यक्रममा बोल्दै अभियानका वडा संयोजक शर्माले पार्टी निर्माणको राष्ट्रिय अभियानले माओवादीलाई पुनः सशक्त र जागरुक बनाउन सक्ने विश्वास व्यक्त गरे ।
नेकपा माओवादी जनताका अधिकार र न्यायका लागि जन्मिएका पार्टी भएपनि पार्टीको आन्तरिक मोहका कारण लगाएका तमाम व्यक्तिवादी सोचका कारण पार्टी बिग्रिएको त्यो अवस्था सुधारका लागि अभियान सुरु गरिएको उनले बताए ।
रुपान्तरण अभियानले पार्टी निर्माणको मात्रै नभई जनताको अवस्था र जीवन स्तर सुधारका लागि समेत महत्व राख्ने बताए । जनता आधारभूत आवश्यकता पहिचान गर्दै जनताको जीवनस्तरमा सुधारका लागि योजना निर्माण गरी पार्टी रुपान्तरण जनताको जीवन स्तर रुपान्तरण गर्ने उनको विश्वास व्यक्त गरे ।
उक्त अवसरमा वडा कमिटिका ईन्चार्ज कमल चौधरीको पार्टी निर्माणको राष्ट्रिय अभियानलाई जनताका समस्या पहिचान गर्दै जन जनमा जाग्नुुपर्ने बताएका थिए । कार्यक्रको सहजीकरण सचिव डिल्ली ददेलले गरेका थिए ।