प्रचण्ड नेतृत्वको सरकारले शुरु गरेकाे भ्रष्टाचार बिरुद्धकाे अभियानमा जनताको अपार समर्थन छ : घर्ती

चेतना अनलाइन

घाेराही, १६ भदाैं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जयपुरी घर्तीले माओवादी नेतृत्वकाे सरकारले शुरू गरेकाे भ्रष्टाचार बिरुद्धकाे अभियानमा जनताको अपार समर्थन रहेकाे बताउनु भएको छ ।

‘घर-घरमा माओवादीफ जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ आज देखि शुरू भएकाे जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत दाङकाे घाेराही-१४ मा आयाेजित कार्यक्रमलाई संबाेधन गर्दै घर्तीले भ्रष्टाचार बिरुद्धकाे याे अभियान नराेकिने बताउनुभएको हाे ।

उहाँले वर्तमान सरकारले सबै खाले भ्रष्टाचारकाे फाइल खाेल्ने धारणा व्यक्त गर्नुभयाे । ‘अहिलेसम्म राज्यसत्तामा रहेर ब्रह्मलुट गरिरहेका पुराना शक्तिहररू अहिले अत्तालिएका छन्,’ घर्तीले भन्नुभयाे, ‘देशमा सुशासन कायम गर्ने माओवादीकाे प्रमुख मिसन रहेकाे छ ।’

तीन महिने विशेष रुपान्तरण अभियानमा घरघरमा गएर माओवादीले जनतासँग अन्तरक्रिया र छलफल गर्ने जानकारी दिनुभयाे । ‘२०८४ सालमा माओवादी याे देशकै सबैभन्दा ठूलाे पार्टी बनाउने हाम्रो लक्ष्य रहेकाे छ,’ घर्तीले भन्नुभयाे, ‘जनतालाई हाम्राे मिसनकाे बारेमा अझै स्पष्टीकरण पार्न जरूरी छ ।’

माओवादी केन्द्र १४ नं वडा अध्यक्ष विशाल श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता दयाजी राेकाले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

उपाध्यक्ष नन्दबहादुर घर्तीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन सचिव भीमकुमारी पुनले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *