धारपानीमा सञ्चालित पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक महामहोत्सवको आयव्याय सार्वजनिक

विमल योगी
दाङ,६ भदौ । दाङको धारपानीमा गत साउनमा सञ्चालित पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको आयव्याय विवरण सार्वजनिक गरिएको छ ।

अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव गत साउन २ गतेदेखी ३१ गते सम्म सञ्चालन भएको थियो । सो महामहोत्सवमा ३१ लाख ८२ हजार नौ सय ९१ रुपैया आम्दानी र २१ लाख २६ हजार ८६ रुपैया खर्च भई १० लाख ५६ हजार नौ सय पाँच रुपैया बचत भएको आर्थिक उपसमितिका संयोजक विमल कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

मन्दिरको प्रचार प्रसार, धर्म र धार्मिक आस्था थप सुढृड बनाउने उदेश्यले आयोजित महामहोत्सवमा सवै भन्दा धेरै अन्य सहयोगबाट १९ लाख ७२ हजार तीन सय आठ रुपैया संकलन भएको छ । यस्तै गंगा आरतीका सात लाख ८४ हजार चार सय ९० रुपैया,ब्राहमण भोजनका लागि एक लाख ८० हजार,भत्तजन प्रसादका लागि एक लाख ५० हजार र झोली दानबाट ९६ हजार एक सय ९३ रुपैया संकलन भएको अधिकारीले जानकारी दिनुभयो । महामहोत्सवमा आरती गुरुहरुको दक्षिणा तथा बाद्यवादन कलाकार पारिश्रमिकमा ११ लाख ३३ हजार ६ सय ११ रुपैया,टेन्ट तथा साउण्डसिस्टममा तीन लाख,ब्राहमण तथा अन्य भोजनका लागि एक लाख १७ हजार सात सय १५ रुपैया,आरतीका लागि कपुर,घिउ,धुप तथा अन्य पुजा सामग्री खरिदका लागि एक लाख ३४ हजार ९० रुपैया,जेनेटर पेट्रोलका लागि ९३ हजार पाँच सय ७७ रुपैया खर्च भएको छ ।

खानेपानी तथा मेक्सन व्याट्री खरिदका लागि ३२ हजार दुई सय ३० रुपैया,भान्साका लागि भाडा वर्तन खरिदका लागि ९३ हजार लुई सय ८३ रुपैया,सुरक्षाकर्मी,स्वयंसेवक खाजा नास्ता तथा सामान ढुवानीका लागि २६ हजार दुई सय ६५ रुपैया,नेटको राउटर,स्टेशनरी तथा बाद्यबादनका सामग्री खरिदका लागि ४१ हजार तीन सय ७० रुपैया,कलाकार सिंगार सामग्रीका लागि ४७ हजार दुई सय ८५ रुपैया खर्च भएको संयोजक अधिकारीले जानकारी दिनुभयो । यस्तै मन्दिर सरसफाई तथा धर्मशाला व्यवस्थापनका लागि १९ हजार रुपैया,बत्ति राख्ने टपरी खरिदका लागि ६ हजार एक सय १० रुपैया,प्रचार सामग्री पम्पलेट छपाईका लागि १५ हजार रुपैया,पुजारी दक्षिणाका लागि १४ हजार पाँच सय रुपैया,प्रशंसापत्र छपाई तथा फ्रेममा ३७ हजार पाच सय ५० रुपैया र मिडिया प्रचार प्रसारका लागि १४ हजार पाँच सय रुपैया खर्च भएको छ ।

महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिनुभएको थियो । भने बनारसी कलाकारहरुको टिमले संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरेको थियो । आफ्नै जिल्लामा पहिलो पटक आयोजना गरिएको महामहोत्सवमा पण्डित अमृतशरण देवाचार्यले स्वयंसेवी रुपमा प्रवचन दिनुभएको थियो । पैसा कमाउने भन्दा पनि धारपानी मन्दिरलाई विश्वभर परिचित गराउन सकियोस भनेर उहाँले स्वयंसेवी रुपमा प्रवचन दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

अत्यत्नै ठुलो भत्तजनहरुको सहभागिताकाविच सम्पन्न भएको महामहोत्सव सफल बनाउन सहयोग गर्ने सवैमा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले सवैमा धन्यवाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष अधिकारी र सचिव विष्णुराम आचार्यले जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवमा सहभागी हुने सम्पूर्ण भत्तजनहरुमा धन्यवाद ज्ञापन गर्दै महोत्सव सफल बनाउन सहयोग गर्ने सुरक्षाकमी,राजनितिक दल,बिभिन्न धार्मिक तथा सामाजिक संघसंस्था,नागरिक समाज,जिल्ला प्रशासन,जिल्ला प्रहरी,ट्राफिक प्रहरी,अस्थायी प्रहरी पोष्ट धारपानी,जनप्रतिनिधि तथा सांसदहरु,बिभिन्न उपसमितिका सदस्यहरु,मन्दिरका कर्मचारी तथा पुजारी लगायत सवैमा आभार प्रकट गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *