घोराहीमा रिगाँउ लाउन्ज बार सञ्चालनमा

दाङ, १ भदौ । दाङको घोराहीमा रिगाँउ लाउन्ज बार सञ्चालनमा आएको छ । घोराही १५ शहिद उमेशमार्गमा नविल बैंक रहेको भवनको माथिल्लो तलामा सञ्चालनमा आएको रिगाँउ लाउन्ज बारको शुक्रवार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

मामा भान्जा नाता पर्ने घोराहीका प्रकाश पुन र धर्म जिएमको ५० लाख बढी संयुक्त लगानीमा रिगाँउ लाउन्ज बार सञ्चालनमा आएको हो । सञ्चालक धर्म जिएमको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि रिगाँउ लाउन्ज उद्घाटन गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बुढाथोकीले आर्थिक मन्दिका कारण व्यवसायी पलाएन हुने क्रम बढ्दै गएका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गर्नु प्रशंसनिय भएको बताउनुभयो । अर्कोतिर होटल व्यवसायीले आफ्नो गुणस्तरियतालाई ध्यानमा राख्दै सरसफाई र खाद्य स्वच्छतामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा दाङ महिला महिला जेसिसका कार्यकारिणी उपाध्यक्ष दिलु मल्ल, शुभ विहानी टोलका अध्यक्ष मोहन जिएम, पत्रकार चन्द्रप्रकाश नेपाली, दाङ निर्माण व्यवसायी संघका सदस्य इराक घर्ती मगरले रिगाँउ लाउन्ज बारलाई सफलताको शुभकामना दिनुभएको थियो ।

बार सञ्चालक प्रकाश पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पुर्वसञ्चारकर्मी प्रकाश पुनले गर्नुभएको थियो । मगर भाषा रिगाँउ भनेको नेपालीमा ईन्द्रेणी हुन्छ । प्रत्येक दिन साझ ६ बजेदेखी राति ११ बजे सम्म भ्वाईस अफ नेपालसम्म पुगेकी गायिका उर्मिला कुसुण्डा र किरण विकले संगितिक प्रस्तुती दिने सञ्चालक पुनले जानकारी दिनुभएको छ । रिगाँउ लाउन्ज बार मार्फत अहिले ९ जनाले रोजगारी पाएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *