दाङ उवासंघमा चुनावी सरगर्मी, अध्यक्षमा ९ जना आकांक्षी

पाण्डव शर्मा

घाेराही, १ भदाैं । दाङ जिल्ला उद्योग वाणिज्य संघकाे आगामी असाेज १३ गते नयाँ नेतृत्वको लागि हुन लागेकाे निर्वाचनकाे सरगर्मी बढेकाे छ ।

अझै कुनै पनि व्यवसायीले ओैपचारिक रूपमा उम्मेदवारी घाेषणा नगरे पनि आन्तरिक तयारीमा जुटेका छन् । उनीहरूले आफ्नाे पक्षमा माहाेल बनाउन तीब्ररूपमा लविङ शुरू गरेका छन् ।

अहिले अध्यक्ष पदमा ८ जना भन्दा बढी व्यवसायीले आकांक्षा व्यक्त गरेकाे उवासंघ स्राेतले बताएकाे छ । यश पटक पूर्वा उपाध्यक्ष खड्क बुढाथी सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा जुट्नुभएकाे छ । आवश्यक परे निर्वाचनमा पनि हाेहिने उहाँको तयारी छ । आंकाक्षीहरू मध्य सबै भन्दा सिनियर भएका कारण आफ्नाे नेतृत्वमा कार्यसमिति बने सबै अटाउने उहाँले बताउनुभयाे ।

उहाँ काङ्ग्रेस निकट व्यवसायी हुनुहुन्छ । त्यसै गरि काङ्ग्रेस निकट व्यवसायीबाट पूर्व उपाध्यक्ष वसन्त जाेशी, हालका वरिषठ उपाध्यक्ष नरेश कार्की, सचिव नरेश श्रेष्ठ, पूर्व सचिव सुशील प्रकाश आचार्य लगायतका वयवसायीहरू अध्यक्ष पदका लागि आकांक्षी देखिनुभएकाे छ ।

यसै गरि नेकपा एमाले सम्बद्ध व्यवसायीकाे तर्फबाट उपाध्यक्ष रामप्रसाद पाेख्रेल, अनिल आचार्य र टिकाराम पन्तले अध्यक्षकाे टिकटका लागि पार्टीमा तीब्र लबिङ गरिरहेकाे स्राेतले बताएको छ ।

यसै गरि माओवादीले यश पटक संघका महासचिव महेन्द्र बुढाथोकीलाई नै अगाडि सार्ने बुझिएको छ । निर्वाचन भए पनि व्यवसायीहरू माझ राम्रो प्रभाव भएकाले बुढाथोकीले चुनाव जित्ने माओवादीकाे आंकलन छ ।

उवासंघमा विगत देखि नै गठबन्धन हुँदै आएकाले यश पटक काे कसरी अगाडि बढ्छ हेर्ने बाँकी छ । अहिले आर्थिक मन्दी देखिएकाे र व्यवसायीक एकता कायम गर्नुपर्ने भएकाले सर्वसम्मत कार्यसमिति बनाउदा राम्रो हुने व्यवसायीहरूले प्रतिक्रिया दिने गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *