कार्य सम्पादनमा नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्र सर्वाेत्कृष्ट

घोराही उपमहानगरपालिकाले आफ्नो जनस्वास्थ्य प्रबद्र्धन शाखाले बर्षभरी गरेका काम र सेवा प्रबाहका बिषयमा समिक्षा र आगामी कार्य योजनाका बिषयमा जनप्रतिनिधी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच छलफल गरेको छ ।

दुई दिन चलेको समिक्षा एवं छलफल कार्यक्रममा उपमहानगरपालिकाको मातहतमा रहेका २३ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले वितेको आर्थिक बर्षमा गरेका कामका बारेमा प्रस्तुतीकरण गर्नुभयो । त्यसैगरी, उपमहानगरपालिका भित्र रहि स्वास्थ्य सेवामा क्रियाशिल अस्पताल एवं संस्थाहरुले पनि बर्षदिनमा गरेका काम र प्रबाह गरेका सेवाका बारेमा प्रस्तुतीकरण गरेका छन् । पाएको अधिकार र जिम्मेवारीलाई जनस्वास्थ्य प्रबद्र्धनका विषयमा गम्भिर भएर सेवा प्रबाहमा जुटेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उपमहानगरपालिका मातहतमा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुको कार्यसम्पादन मूल्यांकन गरेर प्रशंसा पत्र समेत प्रदान गरिएको छ । स्वास्थ्य चौकी तर्फ वडा नम्बर १० नारायणपुरमा रहेको नारायणपुर स्वास्थ्य प्रबद्र्धन केन्द्र प्रथम, वडा नम्बर २ को रामपुर स्वास्थ्य प्रबद्र्धन केन्द्र दोस्रो र वडा नम्बर ४ को लक्ष्मीपुर स्वास्थ्य चौकी तेस्रो भएका छन् । त्यसैगरी, शहरी स्वास्थ्य केन्द्र तर्फ वडा नम्बर ६ स्थित फचकपुर शहरी स्वास्थ्य केन्द्र प्रथम, वडा नम्बर १४ स्थित नयाँ बजार शहरी स्वास्थ्य केन्द्र दोस्रो र वडा नम्बर १३ स्थित भ्यूडर शहरी स्वास्थ्य केन्द्र तेस्रो भएका छन् ।

२३ वटा स्वास्थ्य संस्थाहरुले प्रस्तुत गरेको कार्य सम्पादन विबरणलाई घोराही उपमहानगरपालिकाका तथ्यांक अधिकृत भीमबहादुर चौधरीको संयोजकत्वमा गठन गरिएको मूल्यांकन समितिले छनौट गरेको हो । समितिको सदस्यहरुमा प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डोरबहादुर बस्नेत, स्वास्थ्य कार्यालय दाङका तथ्यांक अधिकृत मेघराज पौडेल, एनएचएसएसपीका आलोक नाथ झा र जनस्वास्थ्य प्रबद्र्धन शाखाका तथ्यांक सहायक दुर्गाप्रसाद चौधरी रहनुभएको थियो । उत्कृष्ठ स्वास्थ्य संस्थाका प्रमुखहरुलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल, विमला पौडेलले टिका लगाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।

समिक्षा कार्यक्रमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले आधाभूत स्वास्थ्य सेवालाई गुणस्तरीरुपमा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । स्वास्थ्य नै सम्पत्ती भएको चर्चा गर्दै उहाँले विरामीहरुको उपचार सँगै विरामी अबस्था आउन नदिन अपनाईने सचेतनाका कार्यक्रमहरुलाई पनि सञ्चालन गर्न सुझाब दिनुभयो ।

गुनासो रहित सेवा प्रबाहमा लागेर जनस्वास्थ्य प्रबद्र्धनमा अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो । सरकारी र गैरसरकारी स्वास्थ्य संस्थाहरु बिच सहकार्य गरेर नागरिकहरुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र परामर्श गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *