घाेराही, ३१ साउन । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले स्ववियु शुल्क वाफततको शुल्कमा रु २० बाट रु.२०० पुर्याएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
इकाई संयोजक प्रशान्त पोख्रेलले तत्काल फिर्ता गर्न आग्रह गर्दै स्ववियु सभापती मनोज डिसि लाई ध्यानाकर्षणपत्र बुझाउनु भएको छ ।
यसो छ ध्यानाकर्षण पत्र :
श्री स्ववियु सभापति ज्यू ,
महेन्द्र बहुमूखी क्याम्पस
घोराही दाङ
विषय ः वृद्धि स्ववियु शुल्क फिर्ता सम्वन्धमा ।
महोदय,
प्रस्तुत विषयमा हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) राष्ट्रियता, जनतन्त्र, जनजिविका तथा वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि निरन्तर संघर्षरत छ ।
लामो समय पछि भएको विद्यार्थीको हकहितका लागि स्थायी सत्ताको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव र त्यसवाट आएको नेतृत्व वाट हामी खुशी भएका थियौ । हाम्रो संगठन अखिल (क्रान्तिकारी) सहित सम्पूर्ण विद्यार्थीहरु स्ववियु तर्फ वाट पहल भई शिक्षामा गुणस्तरीयता कायम गर्दै प्रविधि मैत्री क्याम्पस वन्ने, विद्यार्थीका लागि आवश्यक प्रयाप्त प्रयोगशाला , पुस्तकालयमा प्रयाप्त किताव र क्याम्पसमा भौतिक पूर्वाधारका लागि पहल हुने अपेक्षा गरेका थियौँ ।
तर स्ववियु आइ सकेपछि रु २० प्रति विद्यार्थी रहेको स्ववियु शुल्क नीतिगत रुपमा वढाई रु २०० वनाएको निर्णयले हाम्रो संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमूखी क्याम्पस समितीको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैले सो निर्णय तत्काल खारेज गरि विद्यार्थीको ढाड सेक्ने कार्य तत्काल वन्द गर्न हुनका लागि हार्दिक अनुरोध गर्दछौ ।
अन्यथा, हाम्रो मागलाई व्यवस्था गरेमा हामी कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछौ । त्यसको जिम्मेवार स्वयम स्ववियु हुनेछ ।
प्रशान्त पोख्रेल
(संयोजक)
अखिल (क्रान्तिकारी) म.व. क्याम्पस समिति