चेतना अनलाइन
भालुबाङ, ३१ साउन । नेकपा माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई कार्यान्वयनमा लैजान लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ ।
प्रदेश राजधानी राप्ती उपत्यकामा साउन ३० र ३१ गते बसेको माओवादी केन्द्रको प्रदेश समितिको चौथो बैठकले अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्घेश्य तय गरी कार्यविधि निश्चित गरेको छ ।
प्रदेश अध्यक्ष सुर्दशन बरालको अध्यक्षता र केन्द्रीय सचिव तथम प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे लुम्बिनी प्रदेश बैठकले १२ जिल्लाका १०९ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने, ९ सउफ८३ वडाहरुमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौ जनतामा पुग्ने योजना सहित अभियानलाई तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
पहिलोचरणमा आन्तरिक तयारीलाई भाद्र १–१५ भित्र सम्पन्न गर्ने । दोश्रो उद्घाटन र वामअफलाई भाद्र १६–२५ भित्र सम्पन्न गर्ने । तेश्रो निरन्तरता र उत्कर्षलाई भाद्र २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने गरी प्रदेशले तयारी योजना बनाएको छ ।
अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु आफनो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने छन भने प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने छन । अभियानमा पार्टीका सबै संरचनाहरुलाई परिचालन गरी ‘घर,घरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताउनु भयो ।
नेताहरु फेरबदल भए अनुसार दाङमा स्थायी समिति सदस्य जयपुरी घर्तीले अभियानको संयोजन गर्नु हुनेछ भने केन्द्रीय सदस्य निर्मल आचार्य प्युठानमा गएर अभियानको संमायोजन गर्नु हुने छ । बैठकलाई पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सम्बोधन गदैं पार्टी संगठनलाई बलियो बनाउँदै जनताको दैनिक समस्यासँग नजिक हुन कार्यकर्तालाई दिशानिर्देश गर्नु भएको थियो । बैठकमा १२ जिल्लाका अध्यक्षहरुले राय,सुझावहरु राख्दै रिपोटिङ गरेका थिए ।