पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्कर संग आफुहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको बताएका छन् ।
केहि दिन यता केहि संचार माध्यामहरुले महराका बाबुछोराको सुन तस्कर संग कनेक्सन छ भनेर लगातार जस्तो समाचार बनाएकोमा गम्भीर आपत्ति जनाउदै ति सबै समाचार तथ्यहिन भएको उनको भनाइ छ ।
चिनजान भएको मानिस संग फोन सम्पर्क भएको बिषयलाई अतिरन्जित गर्दै राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिको अस्तित्व तथा राजनीतिक जीवन सिध्याउन खोज्नु महाअपराध भएको उनको तर्क छ ।
कोहि चिनजान भएको व्यक्ति संग टेलिफोन सम्पर्क हुनुलाई उसले गरेका गलत कार्यमा संलग्न हुनु संग जोडेर उही बिषयको शिर्षक परिवर्तन गरेर दिनानुदिन सम्प्रेषण गर्नु अत्यन्तै आपत्ति जनक भएको महराको गुनासो छ ।
सुन तस्करको कनेक्सन भएको भन्ने समाचार आएपछि राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई प्रभाव पार्ने गरेर संचार माध्याम आफै न्यायालय बन्न खोजेको प्रति तिब्र असन्तुष्टि व्यक्त गर्दै महराले राज्यले गरिरहेको अनुसन्धानलाई आफुहरुले सहयोग गर्ने बताएका छन् ।
उनले लेखेको फेसबुक स्टाटस यस्तो छ
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यमबाट एकहोरो आक्रमण हुनुको पछाडी हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।
२०८०।०४।२९