शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अखिल (क्रान्तिकारी) ले महेन्द्र क्याम्पसमा बुझायो ज्ञापनपत्र

चेतना अनलाइन

घाेराही । अखिल (क्रान्तिकारी) ले महेन्द्र बहुमुखी क्याम्पस दाङमा वृद्धि गरिएकाे शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी) क्याम्पस इकाई अध्यक्ष प्रशान्त पाेख्रेलले नेतृत्वमा गएका्े टाेलीले क्याम्पस प्रमुख भरतराज न्याैपानेलाई ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउन स्ववियु अध्यक्षका प्रत्याशी तथा अखिल (क्रान्तिकारी) का नेता हिमाल महरा पनि जानु भएकाे थियाे ।

ज्ञापनपत्रमा शुल्क वृद्धि तत्काल फिर्ता नगरिए कडा संघर्ष गर्ने चेतावनी दिइएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *