घाेराही, २८ साउन । घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसले गरेको शुल्क वृद्धि ७२ घण्टाभित्र फिर्ता गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । आइतवार क्याम्पस प्रमुख भरतराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले अहिलेको परिस्थीतिमा शुल्क वृद्धि गरिनु असान्दिर्भक भएको भन्दै शुल्क वृद्धि तत्कालिन फिर्ता लिन माग गरेको हो ।
नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी इकाइ सभापति समिर केसी र सचिव एकराज डिसीद्धारा हस्ताक्षेरित ज्ञापनपत्रमा विद्यार्थी हक र अधिकार कुण्ठित गर्ने कुनैपनि निर्णय वा कदम नेविसंघलाई क्षम्य नुहने बताइएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा हालै ५५ प्रतिशत शिक्षर्ण शुल्क वृद्धि गरेको थियो । ५५ प्रतिशत शुल्क वृद्धि गरेर विद्यार्थीहरुलाई चरम आर्थिक भारको शिकार बनाउन खोजेको भन्दै नेविसंघले उक्त निर्णयको घोर निन्दा गर्दै विद्यार्थीलाई मारमा पार्ने निर्णय यथासिघ्र फिर्ता लिन आग्रह गरेको हो ।
ज्ञानपपत्रमा,‘एकलौटी ढंगबाट विद्यार्थीहरुलाई समस्यामा पार्ने मनसायले गरिएको यो निर्णय फिर्ता नेविसंघ को माग हो । विद्यार्थीहरु सहुलिएत शुल्कमा पढ्न पाउने अधिकार खोस्ने कदम तत्काल सच्याउन क्याम्पसलाई आग्रह गर्दछौं ।
७२ घण्टाभित्रमा यो निर्णय नसच्याए नेविसंघ कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुनेछ । यसबाट क्याम्पसमा हुने क्षतिको जिम्मा पनि क्याम्पस हुनेछ’भनिएको छ ।