दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीलाई अखिल (क्रान्तिकारी) काे सम्मान

अखिल (क्रान्तिकारी) घोराही नगर समितिको आयोजनामा २०८० श्रावण १९ गतेदेखि २१ गतेसम्म भारतको हैदरावादमा सम्पन्न साताै दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै दाङ आई.टि.एफ. तेक्वान्दो संघका खेलाडीहरुले स्वर्ण , रजत र कास्य पदक जित्न सफल हुनुभएकोमा बधाई तथा सम्मान कार्यक्रम सम्प्नन भयो ।

कार्यक्रममा १ स्वर्ण , १ रजत र १ कास्य पदक जित्न सफल हुनु भएका भिमबहादुर थापा र सन्तोश बुढामगर, १ स्वर्ण र १ कास्य जित्न सफल सृष्टि योगी र १ कास्य पदक जित्न सफल अनिशा घिमिरेलाई सम्मान पत्र , खादा र अबिर लगाएर सम्मान गरेको हो ।

अखिल (क्रान्तिकारी) घोराही नगर समिती संयोजक बिकास लम्सालको अध्यक्षता एबम नेकपा माओवादी केन्द्र दाङ सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य प्रतीक अधिकारी र अखिल (क्रान्तिकारी) दाङ संयोजक गिरबहादुर महराको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश समिती सदस्य सुशिला घर्ती , राप्ती इन्जिनियर कलेज अध्यक्ष लोकेन्द्र डाँगी , महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रसान्त पोख्रेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन दाङ जिल्ला समिती सदस्य बिष्णु गोराथोकीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *