स्ववियु पद्माेदय क्याम्पस द्वारा हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

घाेराही, २४ साउन । स्वतन्त्र विद्यार्थी युनियन पद्मोदय क्याम्पस घोराही दाङको आयोजनामा पद्माेदय क्याम्पस स्तरीय हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । पद्मोदय क्याम्पस स्ववियु सभापति विष्णु गोराथोकीको अध्यक्षता एवम् व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद अधिकारकाे प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख किरण पौडेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्प्नन भएको हो ।

कार्यक्रममा पाँच टिम प्रतिस्पर्धामा उत्रिएका थिए । जस मध्य प्रथम स्थानमा दिया पुन, राेसन कालाथाेकी, हेमराज वलि रहनुभएकाे छ । दाेस्राे स्थानमा अर्जुन राेका, अन्जु अधिकारी, प्रकाश बि.क. रहनुभएकाे छ भने सक्षम बुठा, यमुना खड्का र नबिन बिश्वकर्माले तेस्राे स्थान हासिल गर्नुभएको छ, जहाँ ८४ प्रश्न दुई चरणमा साेधिएकाे थियाे । बिजेताले प्रमाणपत्र सहित शौक्षिक सामाग्रीहरु पाएका छन ।

स्ववियु अध्यक्ष गाेराथाेकीले कार्यक्रममा बाेल्दै, उक्त प्रतियोगिता बैद्दिक लेखाजोखा गर्ने एक कार्यक्रम मात्र भएकोले नअात्तिन र धैर्यवान भएर अन्य यस्तै कार्यक्रममा सहभागी हुन अनुरोध जर्दै बिजेता भाइ बहिनीलाई शुभकामना ब्याक्त गर्नुभएको थियाे ।

कार्यक्रममा स्ववियु तर्फ अस्मिता पाण्डे, अनुशा शर्मा, अस्मिता रेग्मी, बिमल वलि , सङ्गिता चौधरी,येमुना पाण्डेय, बिद्यार्थी र शिक्षक सहित करिब ८० जना सहभागी रहेकाे कार्यक्रमकाे सहजिकरण स्ववियु सचिव अस्मिता पाण्डेले गर्नुभएको थियाे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *