नेकपा (माओवादी केन्द्र) ले “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” सञ्चालन गर्ने भएकाे छ ।
आज सम्पन्न केन्द्रीय समितिको बैठकले भदाै १६ गते देखी मंसिर १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएकाे केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयाे ।
उहाँका अनुसार केन्द्रीय समितिकाे बैठकले अध्यक्ष प्रचण्डले पेश गर्नु प्रतिवेदन सर्वसम्मत पास गरेकाे छ । ‘केन्द्रीय समितिकाे बैठक निकै उत्साहजनकरुपमा सम्पन्न भएकाे छ,’ आचार्यले भन्नुभयाे, ‘सबै नेताहरूले खुलेरै आफ्ना धारणा राख्नुभयाे, अध्यक्ष प्रचण्डकै नेतृत्वमा अबकाे समाजवादी क्रान्ति पूरा गर्न सकिन्छ भन्ने सबै जसाे नेताहरूकाे निष्कर्ष छ ।’
बैठकले प्रदे इञ्चार्जको जिम्मेवारी पनि फेरबदल गरेकाे छ ।
नेताहरुकाे जिम्मेवारी निम्न अनुसार निर्धारण गरिएकाे छ :
१) बर्षमान पुन उपत्यका बिशेष प्रदेश इञ्चार्ज
२) चक्रपाणी खनाल कोशी प्रदेश इञ्चार्ज
३) लीलामणि पोख्रेल मधेस प्रदेश इञ्चार्ज
४) जनार्दन शर्मा बागमती प्रदेश इञ्चार्ज
५) देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्ज
६) हितमान शाक्य लुम्बिनी प्रदेश इञ्चार्ज
७) मात्रीका यादव कर्णाली प्रदेश इन्चार्ज
८) डिलाराम आचार्य सुदुरपशिम प्रदेश इञ्चार्ज
९) गिरिराजमणि पोख्रेल उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज
१०) राम कार्की प्रवास प्रदेश इञ्चार्ज