डेंगु रोग नियन्त्रण तथा रोकथाम गर्न महिला स्वास्थ्य संयमसेविकासँग छलफल

घाेराही, १९ साउन । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत आज महिला स्वास्थ्य संयमसेविका संग छलफल गरेको छ ।

कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसवाट बच्ने उपायका विषयमा छलफल भएको थियो । कार्यममा घोराही उपमहानगरपालिकाका वडा नं. १४ र १५ मा कार्यरत महिला स्वास्थ्य संयमसेविकाहरुको उपस्थिति रहेको थियो । घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्ती र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका वारेमा प्रशिण दिनुभएको थियो ।
अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायीसंग डेङ्गु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको थियो ।
साथै रेडक्रश घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत बर्ष डेङगो प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कार्यरत कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम गरिसकेको छ । सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्तिको प्रमुख आथित्यता सम्पन्न भएको थियो ।
उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाइ डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिनुभएको छ । उपशाखा उपसभापति सावित्रा रानाको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम सचिव इन्द्र बुढाथोकीले सहजीकरण गर्नुभएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *