तुलसीपुरमा दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा निधन

घाेराही, १७ साउन। दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा गम्भीर घाइतेको उपचारका क्रममा निधन भएको छ ।

गम्भीर घाइते भएका रेमन्त बस्नेतको उपचारका क्रममा बुधबार साढे २ बजेतिर भारतको लखनऊमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

तुलसीपुर उपममहानगरपालिका-१२ रझेनामा यही १५ गते बेलुका ८ बजेतिर मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका १२ कौवापुर निवासी बस्नेत गम्भीर घाइते भएका थिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल क्लेजमा लगिएको थियो । उनको उपचार बाँकेमा पनि सम्भव नभएपछि भारतको लखनऊ लगिएको थियो ।

तुलसीपुरदेखि कौवापुर तर्फ जाँदै गरेको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *