रोटरी क्लबद्धारा वृक्षारोपण

दाङ, १७-साउन। रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्राक्ट क्लव अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुरमा वृक्षारोपण सम्पन्न भएको छ ।बुधवार तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँदेखि क्याम्पस रोडसम्म बृक्षारोपण गरिएको हो ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बिरुवा रोप्नु भन्दा जोगाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । उनले रोटरी क्लब अफ तुलसीपुर सिटीले यस क्षेत्रमा गर्दै आएका समाजिक कार्यहरुको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रमा अध्यक्ष पवन कुमार योगीले उपमहानगरको सहकार्यमा क्लबले बिभिन्न सामाजिक कामहरु सञ्चालन गर्ने बताए । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष योगिको नेतृत्वमा जनप्रतिनिधि, पत्रकार, रोट्रयाक्ट क्लब, ईन्ट्रयाक्ट लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको महासचिव रुपेश शर्माले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *