दाङ, १६ साउन । दाङ निर्माण ब्यबसायी संघले दुई जना नव सदस्यलाई शपथ ग्रहण तथा सम्मान पत्र बितरण गरेको छ । सोमवार बसेको बैठकले कार्यसमितीमा दुई जना नयाँ सदस्यलाई मनोनयन गरेको हो ।
सदस्यमा चिरन कन्ट्रक्सनका संचालक इराक घर्ती मगर, त्रिवेणी निर्माण सेवाका संचालक सुदन केसीलाई मंगलवार एक औपचारिक कार्यक्रमका बिच संघका अध्यक्ष प्रविण कुमार भण्डारी, वरिष्ठ उपाध्यक्ष शोक बहादुर रोकामगर, महासचिव मिन बहादुर घर्तीलगायतले संयुक्तरुपमा शपथ ग्रहण तथा प्रमाण पत्र बितरण गरिनुका साथै खादा ओढाइ सम्मान गर्नु भएको हो ।
त्यसैगरि संघको वरिष्ठ सल्लाहकारमा त्रिवेणी कन्ट्रक्सन एण्ड सप्लायर्सका संचालक भोजराज अधीकारीलाई चयन गरेको छ । साथै सल्लाहकारहरुमा जनक बुढा मगर, बसन्त शर्मा, सुरज प्रशाद गुप्ता, हरीवंश दहाल, प्रकाश भण्डारी रहनु भएको छ।
१७ जना आवद्ध रहेको कार्यसमितीमा थप दुई जनालाई मनोनयन गरिएको संघका वरिष्ठ उपाध्यक्ष शोक बहादुर रोका मगरले जानकारी दिनुभयो ।
संघका अध्यक्ष प्रविण कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासचिव मिन बहादुर घर्तीको रहेको थियो । कार्यक्रमको सहजिकरण सचिव मदन कुमार आचार्यले गर्नु भएको थियो ।