गाेरखा माविमा मानव बेचबिखनविरूद्धकाे सचेतनामूलक कार्यक्रम

घाेराही, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसकाे अवसरमा दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलमा सचेचनामूलक कार्यक्रम सम्पन्न भएकाे छ ।

आज आइतबार अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय दाङकाे आयाेजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे हाे ।

‘बेचबिखनका हरेक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको यस वर्षकाे अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न विद्यालयमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम गरेकाे हाे ।

सचेतनामुलक कार्यक्रममा जिप्रका दाङका इन्सपेक्टर मिरा खड्काले मानव बेचबिखनकाका बारेमा जानकारी गराएकी थिइन् । साथै इन्सपेक्टर खड्काले मानव बेचबिखन कसरी हुन्छ, कुन प्रयाेजनका लागि हुन्छ, विभिन्न प्रलाेभनमा पारी कहाँ पुर्‍याइन्छ, कस्ता कस्ता यातना दिइन्छ भन्ने विषयमा जानकारी गराएकी थिइन् ।

दाङमा मानव बेचबिखनकाे बस्तुस्थितिका बारेमा समेत इन्सपेक्टर खड्काले जानकारी गराएकी थिइन् । सचेतनामूलक कार्यक्रमकै अवसरमा इन्सपेक्टर खड्काले विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसारबाट कसरी वचन सकिन्छ भन्ने विषयमा पनि सूचित गराएकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानसिं घर्ती, व्यवस्थापन समूह दिवा सत्रका संयाेजक शंकर धिताल लगायतले बिचार राखेका थिए । कार्यक्रममा कक्षा ११ र १२ का व्यवस्थापन समूहका दिवा सत्रका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो।

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *