दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

दाङ, १३ साउन । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जिल्लाकाे कृष्णसेन ईच्छुक मार्ग अन्तरगत लमही- घाेराही सडक खण्डकाे चाैपट्टा नजिक अाज मध्यान्ह करिव १२ बजेतिर ना ४ ख ८४८७ नम्बरकाे ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।

घाेराही उपमहानगरपालिका वडा नम्बर ३ काे भैंसी बगाउने खाेला नजिक घाेराही तर्फ जाँदै गरेकाे ट्रक उकालाेमा टायर पन्चर भई राेक्ने क्रममा ब्रेक नलागेपछि सडकबाट तल खाेल्सामा खसेकाे छ ।

ट्रकका चालक र सहचालक हाम फालेर वचन सफल भएपनि ट्रकमा सवार करिव १५-१६ वर्षका दुई किशाेरीहरु घाईते भएका छन् ।

उनीहरुकाे उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएकाे छ । घाईते दुवै जनाकाे पहिचान खुल्न बाँकी छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *