अखिल (क्रान्तिकारी) दाङले शुरू गर्याे भ्रष्टाचार बिरुद्द नागरिक हस्ताक्षर अभियान

अखिल (क्रान्तिकारी)को सुशासन प्रचण्ड सरकारको सरोकार,
भ्रष्टाचार बिरुद्द नागरिक हस्ताक्षर अभियान कार्यक्रमको उद्घाटन दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समिती संयोजक प्रशान्त पोख्रेलको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समिती सदस्य सुशिला घर्तीमगर , अखिल (क्रान्तिकारी) जिल्ला कार्यालय सदस्य हिमाल महरा, राप्ती इन्जिनियर कलेज कमिटी अध्यक्ष लोकेन्द्र डाँगी , पद्मोदय क्याम्पस घोराहीका स्ववियु सभापती बिष्णु गोराथोकी लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) दाङका सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *