घोराहीबाट तुलसीपुर जादै गरेको यात्रुबहाक बस दुर्घटना, ८ जना घाइते

घाेराही, ८ साउन । घोराहीबाट तुलसीपुर जादै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ८ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार बिहान पौने १० बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख १३१२ नम्बरको बसको स्ट्रिंङ फेल हुँदा पल्टिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका १८ संग्रामखोला नजिकै सडक छेउमै पल्टिदा तुलसीपुर ८ अस्वारा बस्ने ४३ वर्षिय तिलक बहादुर रोका, घोराही ११ जोगेना बस्ने ४२ वर्षिय घनश्याम बस्नेत, तुलसीपुर १७ बगौसी बस्ने २२ वर्षिया अन्जु चौधरी, रोल्पा परिवर्तन गाउँपालिका ६ घर भई हाल घोराही भरतपुर १५ बस्ने ३५ वर्षिया दिल कुमारी बुढा, सोही ठाउँ बस्ने २६ वर्षिय निता बुढा, घोराही ११ खैरा बस्ने ४६ वर्षिया नम्रता पोख्रेल, वडा नम्बर १० नारायणपुर बस्ने ३६ वर्षिया मनकुमारी खत्री र वडा नम्बर १५ बस्ने ४३ वर्षिय मिना गिरी घाइते भएका छन् ।

उनीहरु आठै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *