माओवादी केन्द्रकाे कार्यबहाक अध्यक्षमा नाराणकाजी श्रेष्ठ

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आज युरोपेली देश इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले श्रेष्ठले प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने बताए ।

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसैगरी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई दिइएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *