भाइकाे घरमा सुत्न गएका वडा सदस्य घर्तीकाे चट्याङ लागेर मृत्युु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

खुमबहादुर सुनार

रोल्पा । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको निधन भएको छ ।

बिहीबार राति परेर चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ का ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *