गुरुकुल एकेडेमिका नव-आगन्तुक बिद्यार्थिहरुका लागि अभिमुखीकरण

दाङ, ४ साउन । गुरुकुल एकेडेमीले बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी नयाँ विद्यार्थी लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । गुरुकुरुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता एवं बिद्यालयका अध्यक्ष , डाइनामिक लिडर ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेले गुरुकुलमा बिद्यार्थिको दायित्व र उनीहरुको खुशी र भविष्यको बिषयमा ओरीएन्टेसन दिनु भएको थियो । साथै उँहाले नव आगन्तुक बिद्यार्थिहरुले निकै मेहनत र लगनसिल भएर अतिरीक्त कृयाकलापको अनुभव गर्दै शिक्षण सिकाई कृयाकलापमा लाग्न समेत सुझाव दिनुभयो ।

स्वागत तथा ओरीएन्टेसन कार्यक्रममा उपस्थित नव आगन्तुक बिद्यार्थिहरुलाई प्लस टु विज्ञान संयोजक अजय शाहले शैक्षिक गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । उपस्थित नव आगन्तुक बिद्यार्थिहरुले आफुहरु अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल बिद्यालयमा पढ्न पाउदा खुसि लागेको बताए ।

कार्यक्रममा नयाँ अभिभावकहरुले दुवै विद्यालयबाट शैक्षिक क्रियाकलाप र हुनुपर्ने कार्यक्रमका बारेमा लिखित सुझाव तथा अपेक्षा संकलन गरिएको थियो ।

शैक्षिक बर्ष—२०८० मा गुरुकुल एकेडेमी घोराही आफ्ना बालबालिका भर्ना गरेका अभिभावकहरुलाई विद्यालयले सञ्चालन गरिरहेका कार्यक्रम, कार्यक्रमको कार्यान्वयनले शिक्षण सिकाईमा आएको प्रभावकारिता र त्यसले शिक्षामा आउने दिगो सिकाईपनबारे जानकारी गराउनका लागि नयाँ आरीएन्टेसन कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमीका प्लसटु संयोजक निमानन्द गैरेले गर्नु भएको थियो ।

गुरुकुल एकेडेमि विद्यालयका भाइस प्रिन्सिपल मुकुन्द गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष ई अनन्तराज घिमिरे , नेपाली बिषयका बिभागिय प्रमुख विवेक देवकोटा , महाविर घर्ति मगर , योग समिति लुम्विनि प्रदेश अध्यक्ष प्रेम शाह लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका डिसि थिन्ले वाङ्दी भुटिया , शिक्षक विद्यालय ब्यवस्थापन समिति कार्यक्रमको सहजिकरण विद्यालयका प्लस टु संयोजक निमानन्द गैरेले गनुभएको थियो भने नव आगन्तुक विद्यार्थिलाई स्वागतार्थ कक्षा १२ का विद्यार्थिहरुले नृत्य प्रस्तुत गरेका थिए भने योग गुरु पे्रम शाहको नेतृक्त्वमा योग अभ्यास पनि गराइएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *