विमानस्थल सुन प्रकरणमा एजेण्टसहित ६ जना पक्राउ

काठमाडौं, साउन ४ । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले हालसम्म ६ जना पक्राउ परेको र अन्यको खोजि कार्य भईरहेको जानकारी दिए । उनले रातभर यसमा अप्रेशन चलाएको र अन्यको खोजि कार्य जारी रहेको बताए । उनका अनुसार बरामद भएको सुनको अन्तिम तौल लिईसकेपछि सुद्दता परिक्षणको लागि नेपाल राष्ट्र बैंक पठाईने छ ।

बुधबार विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातिएको थियो। विशेष सूचनाको आधारमा उक्त परिमाणको सुन राजश्व अनुसन्धान बिभागले बरामद गरेको हो। करिब ८० किलो माथि रहेको प्रारम्भिक अनुमान गरीएपनि परिमाण यो भन्दा बढी हुन सक्ने विभाले जनाएको छ।

लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । बाइक र स्कुटीको पातपुर्जा भित्र सुन लुकाएर ल्याईएको बताईएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *