घोराही । दाङमा अनेरास्ववियुको सदस्यता लिन विद्यार्थीको उत्साहजनक सहभागिता पाइएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी दाङको आयोजनामा अनेरास्ववियुको सदस्यता वितरण अभियानका क्रममा आज महेन्द्र बहुमुखी क्याम्पस, पद्मोदय क्याम्पस र अम्बिकेस्वरी क्याम्पसमा कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले निटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज बुधबारदेखि देशव्यापी रूपमा यो अभियान सुरु गरेको छ ।
सदस्यता नवीकरण र वितरण अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ । आज साउन ३ गतेदेखि सुरु भएको यो अभियान १० गते सम्म जारी रहने अनेरास्ववियुले जनाएको छ