घाेराहीमा डिजिटल प्रविधि मार्फत कर तिर्न सकिने

विमल याेगी
दाङ,१ साउन । घाेराही उप-महानगरपालिकाले राजश्व संकलन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी सफ्टवेयर प्रयाेग गर्ने भएकाे छ ।

निजि कम्पनीले बनाएका सफ्टवेयर प्रयाेग गर्दा महत्त्वपूर्ण डाटा चुहावट हुने र साना समस्या देखिँदा पनि उनिहरूकै भर पर्नुपर्ने बाध्यता भएकोले यस बर्षदेखी सुत्रमा आधारित संचित काेष व्यवस्थापन प्रणाली(राजश्व संकलन)सफ्टवेयर प्रयाेग गर्न थालिएको हाे । यश बर्षदेखी आंसिक रूपमा याे सफ्टवेयरको प्रयाेग गरि बर्षकाे अन्तिम तिर पूर्ण रूपमा सुत्रमा आधारित सरकारी सफ्टवेयर प्रयाेग गरिने लेखा अधिकृत लाेकमणी शर्माले जानकारी दिनुभयाे । सफ्टवेयर सञ्चालन तथा नगरकाे आर्थिक ऐनका वारेमा राजश्वमा काम गर्ने कर्मचारीलाई तालिम समेत दिईएकाे छ ।

नगर उप प्रमुख हुमा डिसीकाे अध्यक्षतामा भएकाे तालिममा प्रमुख प्रशासकिय अधिकृत भाेजराज घिमिरेले करदातालाई जतिसक्याे सरल र सहज रूपमा सेवा दिन नया सफ्टवेयरसंगै नगद काराेवारालाई कम गर्दै लगिने बताउनुभयाे । अब करदाताले घरमै बसेर पनि कर तिर्ने वातावरण तयार गर्न लागेकाे भन्दै वडामा समेत क्यूआरकाेड उपलव्ध गराई नगद रहित सेवा उपलब्ध गराउने बताउनुभयाे ।

अब नगद बाेकेर राजश्व तिर्न नपर्ने भन्दै डिजिटल बैंकिङ प्रणाली मार्फत भुत्तानीकाे व्यवस्था गर्न लागेकाे जानकारी दिनुभयाे । साे अवसरमा बजेट तथा राजश्व व्यवस्था शाखाका अधिकृत कृष्ण केसीले यस बर्ष कर नबढाईएकाे भन्दै दायरा भने फराकिलाे बनाइएको बताउनुभयो । सवैलाई करकाे दायरामा ल्याउन पाैष सम्म सवै प्रकारका करमा जरिवाना छुट र असाेज सम्म सम्पत्ति तथा व्यवसाय कर बुझाउनेलाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएकाे बताउनुभयाे ।

कार्यक्रममा राजश्व शाखाका अधिकृत छैटाै कुमार खड्काले राजश्व संकलन प्रक्रिया प्रभाकारी बनाउन सम्वद्ध कर्मचारी जिम्मेवार हुनुपर्ने भन्दै राजश्वकाे लक्ष्य पूरा गर्न कर्मचारीहरूले खेलेकाे भुमिकाकाे प्रशंसा गर्नुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *