दाहालकाे सम्झनामा माओवादीले घाेराहीमा साउन २ गतेसम्म श्रद्धाञ्जली अर्पण गर्ने

चेतना अनलाइन

घाेराही, २९ साउन । नेकपा (माओवादी केन्द्र) दाङले पार्टी केन्द्रीय सल्लाहकार एव प्रधानमन्त्री पत्नी सीता दाहालकाे स्मृतिमा साउन २ गतेसम्म श्रद्धाञ्जली अर्पण गर्ने भएकाे छ ।

साउन २ गतेसम्म पार्टी कार्यालय घाेराहीमा दाहालकाे तस्बिरमा माल्यार्पण र शाेक पुस्तिकामा हस्ताक्षर गरिने पार्टी जिल्ला संयाेजक तुलसीराम पुन ‘सुवास’ ले जानकारी दिनुभयाे । उहाँका अनुसार तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाइने छ ।

पार्टी कार्यालयमा आज जिल्ला संयाेजक तुलसीराम पुन ‘सुवास’, घाेराही नगर सचिव साकार चाैधरी, प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्मा, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महरा, महेन्द्र बहुमुखी क्याम्पस दाङ इकाई अध्यक्ष प्रशान्त पाेख्रेल, वाइसीएल दाङ जिल्ला सचिव अनिल सेर्पाली लगायतका नेताहरूले दाहालकाे तस्बिरमा माल्यार्पण गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *