घाेराही, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालकाे निधनप्रति नेकपा (माओवादी केन्द्र) दाङले दु:ख व्यक्त गरेकाे छ ।
माओवादी केन्द्र दाङका संयाेजक तुलसीराम पुन ‘सुवास’ र सचिव विश्वराज आचार्यले विज्ञप्ति निकालेर दाहालको निधनले पार्टी, जनता र राष्ट्रलाई अपुरणीय क्षति पुगेकाे बताउनुभएको छ ।
दाहालले नेपालकाे कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय याेगदान पुर्याएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।