घर्तीकाे सम्झनामा युवाहरूद्वारा बृहत् रक्तदान

चेतना अनलाइन

तुलसीपुर, २४ असार । जनयुद्धमा राज्यद्वारा बेपत्ता बनाइनुभएका रेशम घर्ती, समाजसेवी हरी घर्ती र एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका सल्लाहकार शरण घर्तीकी ममतामयी आमा आइती घर्तीकाे सम्झनामा बृहत् रक्तदान गरिएको छ ।

 

नेकपा (माओवादी केन्द्र) दाङका युवा नेता विष्णु चाैधरीकाे संयाेजनमा ३५ जना युवाहरूले रक्तदान गरेका हुन् । युवाहरू घर्तीकै निवास तुलसीपुर १९ बाँसगडीमा गएर रक्तदान गरेका थिए ।

रक्तदानमा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १६, १७, १८ र १९ नं वडाका युवाहरू सहभागी भएका थिए । रक्तदानकाे सहजीकरण नेपाल रेडक्रस साेसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरले गरेकाे थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *