अखिल (क्रान्तिकारी) दाङकाे विद्यार्थी जागरण अभियान शुरु

घाेराही, १५ असार । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङले विद्यार्थी जागरण अभियान सुरु गरेको छ ।

अभियान अन्तरगत श्री गोरक्षरत्ननाथ मा वि चौघेरामा संगठन बिस्तार, भेला एबम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले अन्जली अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा केशब परियार , सचिबमा खोपिराम गन्धर्व , सह सचिबमा साहास शाही ठकुर र अजय चौधरी , कोषाध्यक्षमा गरिमा रावत रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) घोराही समिती संयोजक बिकास लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रशान्त पोख्रेल, पद्मोदय क्याम्पस स्ववियु सभापती एबम संगठनका जिल्ला सदस्य बिष्णु गोराथोकीले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला समिती सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *