प्रतिष्ठानमा आँखाको बाहिरि भागमा पलाएको मासुको सफल सल्यक्रिया 

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको बाहिरी भागमा स–साना गिर्खाहरुको सफल सल्यकृया भएको छ ।

रोल्पाकि २५ वर्षिय जानकी महराको आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकि नेत्र रोग विशेषज्ञ डा. विनिता केसि, नेत्र सहायक दिब्या थापासहीतको चिकित्सकको टोलिले आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरेको हो ।

‘आँखाको वाहीरी भागमा पलाएका स–साना गिर्खाहरु जस्ता देखीने मासुहरु अव हामिले प्रतिष्ठानमा सफलतापुर्वक अप्रेसन गर्न सुरु गरेका छौ, यस्ता खाले माइनर अप्रेसनहरु बैशाखदेखी नै हामिले सुरु गरेका छौ–नेत्र रोग विशेषज्ञ डा. विनिताले भनिन्–‘प्रतिष्ठानमा पहिलोपटक आँखाको वाहीरी छेउछाउमा पलाएको मासुको सफल अप्रेसन भएको हो ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *