चेतना अनलाइन
घाेराही, ३ असार । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पट्टु थारु चयन हुनुभएको छ ।
यहि असार २ गते दाङ्को लमहीमा सम्पन्न थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेशको प्रथम भेलाबाट पट्टु थारूकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे ।
कार्यक्रम माेर्चाका केन्द्रीय अध्यक्ष सन्तबहादुर थारूकाे प्रमुख आतिथ्यता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य र केन्द्रीय सदस्य इन्द्रजित थारूकाे विशिष्ट आतिथ्यतामा भएकाे थियाे ।
समितिकाे कार्यसमिति निम्न रहेकाे छ :
अध्यक्ष :- पट्टु थारु (बाके)
उपाध्यक्ष :- श्यामेस चौधरी (दाङ)
सचिव :- मनकला कुमारी चौधरी (बर्दिया)
कोषाध्यक्ष :- धनकुमारी थारु (रुपन्देही)
सहसचिव :- जयकरण थारु (कपिलवस्तु)