चेतना अनलाइन
घाेराही, २९ जेठ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहीँ जेठ ३१ गते दाङ आउनु हुने भएकाे छ ।
नेपाल संस्कृत विश्वविद्यालयमा आयाेजित दीक्षान्त समाराेहमा सहभागी हुन प्रचण्ड दाङ आउन थालेकाे नेकपा (माओवादी केन्द्र) दाङका संयाेजक सुवास पुनले जानकारी दिनुभयाे । उहाँका अनुसार दीक्षान्त समारोह हुनुभन्दा पहिले प्रचण्डले जिल्ला स्थित अगुवा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएकाे छ ।
प्रचण्डले विहान ९ बजे देखि बेलझुण्डिमा करीब २ घण्टा कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने माओवादी केन्द्र दाङकम सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।