तिन हेक्टर नाङ्गो डाँडामा वृक्षारोपण

देउखुरी, १२ साउन, लमही नगरपालिका वडा नम्बर ५ पारिजात महिला सामाजिक वनको तीन हेक्टर नाङ्गो जग्गामा पाँच हजार बिरुवा वृक्षारोपण गरिएको छ । सोमबार लमही खानेपानी उपभोक्त तथा सरसफाइ समिति संस्था लमहीले सामुदायिक वनको तीन हेक्टर नाङ्गो जमिनमा पाँच हजार बिरुवा वृक्षारोपण गरेको हो ।

पानीको स्रोत बचाउने मुख्य उद्देश्यले सामुदायिक वनको नाङ्गो जग्गामा लमही खानेपानी उपभोक्त तथा सरसफाइ समिति संस्थाको वार्षिक कार्यक्रम अनुसार पाँच हजार वन अन्तरगत खयर, कालो सिसौ, बकेना, मसला लगायत अन्य बिरुवा वृक्षारोपण गरिएको लमही खानेपानी उपभोक्त तथा सरसफाइ समिति संस्थाका अध्यक्ष डण्डिराम चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,–। ‘दिनप्रतिदिन खानेपानीको मुहान सुख्दै गएको र वनजंगल फडानी भएको छ । पानिको स्रोतलाई संरक्षण गर्नको लागि पारिजात महिला सामुदायिक वनको तीन हेक्टर नाङ्गो जग्गामा पाँच हजार विरूवा वृक्षारोपण गरिएको हो ।’ गत वर्ष अजम्वरी सामुदायिक वनको नाङ्गो डाडाँमा चार हजार बिरुवा वृक्षारोपण गरिएको थियो । यश वर्ष पारिजात महिला सामुदायिक वनमा पाँच हजार बिरुवा लगाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पारिजात महिला सामुदायिक वनका अध्यक्ष द्रोपति पौडेलले २०४५ साल देखि नै वृक्षरोपण गरेर वनको संरक्षण गर्दै आएको जानकारी गराउनुभयो । लमही खानेपानी उपभोक्त तथा सरसफाई समिति संस्थाका सल्लाहकार कर्णबहादुर बुढाथोकीले वृक्षारोपण गरेर लगाइएको विरूवाको संरक्षणको लागि तारवार गर्न लगाउन आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमको बारे लमही खानेपानी उपभोक्त तथा सरसफाइ समिति संस्थाका उपाध्यक्ष लिला शाहाले जानकारी गराउनु भएको थियोे । कार्यक्रमको सहजिकरण संस्थाका सचिव सनमकुमार पौडेलले गर्नु भएको थियोे ।

बिरुवा सिचाइको लागि पोखरी निर्माण

लमही खानेपानीको उपभोक्त तथा सरसफाइ समिति संस्थाफे बिरुवा सिचाँको लागि पारिजात महिला सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । सोमबार सामुदायिक वनमा लगाइएको पाँच हजार विरूवालाई सिचाँइ गर्नको लागि उक्त सामुदायिक वनमा डेर मिटर गहिरो पोखरी निर्माण गरेको संस्थाका अध्यक्ष डण्डिराम चौधरीले जानकारी दिनुभयो ।

‘दिनप्रतिदिन पानिको स्रोतहरू सुकेको अवस्था छ । पानीको सतह पनि घटिरहेको छ । भुमिगत पानिको स्रोत जोगाउन सामुदायिक वनको नाङ्गो जमिनमा वृक्षारोपण गरिएको हो । अब यी विरूवाहरूको संरक्षणको लागि लमही खानेपानी उपभोक्त तथा सरसफाइ समिति संस्थाले तीन हेक्टर जग्गामा तारवारको सुरुवात गर्नेछ, अध्यक्ष डण्डिराम चौधरीले भन्नुभयो ।’पारिजात महिला सामुदायिक वन २२ हेक्टर क्षेत्रफलमा फैलिएको खालि भएको जमिनमा विरूवा लागाइएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *