काठमाडौं स्कुलको नेपाल टुर कार्यक्रम घोराहीमा हुँदै

दाङ १९ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ ।

यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागितामा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा विशेष कार्यक्रमको आयोजना गर्न लागि रहेको छ । सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा स्कुल चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलाललगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहनेछ ।

 

कार्यक्रममा शिक्षाको विषयमा उहाँहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत रहेको बताइएको छ । स्कुलले सुरु गरेको नेपाल टुर अन्तर पूर्वका मुख्य शहरहरुमा कार्यक्रम भैसकेको छ । यसैगरी बुटवललगायतका शहरहरुमा पनि कार्यक्रमको आयोजना भैसकेको छ । जेठ २६ गते दाङमा कार्यक्रम सम्पन्न गरिसकेपछि सुर्खेत, धनगढीलगायतका शहरहरुमा पनि नेपाल टुर अन्तर्गतका कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको स्कुलले जनाएको छ ।
काठमाडौमा बिशिष्ठ स्कुलकारुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा वहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । जेठ २६ गते हुन लागि रहेको कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *