सभ्यता पाठशालामा डिजिटल पुस्तक

चेतना अनलाइन

घोराही । सभ्यता पाठशाला घोराही–१५ ले डिजिटल पुस्तक ल्याएको छ । नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एवं पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

प्रत्येक कक्षामा समार्ट बोर्ड राखिने पाठशालाका शैक्षिक कोर्डिनेटर केशरमान बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले स्कुलमै पुस्तक छुटाए पनि अब सभ्यता एप्स मार्फत घरमा गृहकार्य गर्न र पढ्न सक्नेछ । अभिभावकले बच्चाको बारेमा पनि घरमै बसेर बुझ्न सक्नेछन् । यसैगरी पोषणविज्ञले दिएको मेन्यूका आधारमा स्वस्थ र स्वच्छ खाना तथा खाजा खुवाउने विद्यालयले जनाएको छ । यस्तै नर्सबाट नियमित र बालरोग विशेषज्ञबाट समय–समयमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ । विभिन्न खेलकुद, नृत्य, योगा, गीत लगायत क्षेत्रमा दक्ष जनशक्ति राखिएको छ । विज्ञान प्रयोगशाला, खेल तथा अन्य ल्यावहरु स्थापना गरिएको अध्यक्ष महेन्द्र बुढाथोकीले बताउनुभयो ।

गुणस्तरीय शिक्षा दिन शैक्षिक बहस जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको भनाइ थियो । विद्यालयका आर्थिक कोर्डिनेटर लोकबहादुर विसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रिन्सिपल चेतमान घर्ती मगरले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *