चलचित्र विकास बोर्डको प्रवक्तामा केएल बुढाथोकी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् ।

चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसंग सम्बन्धित जानकारीलाई एकद्वाररुपमा जानकारी गराउने जिम्मेवारीसहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कला साहित्य संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधिहरु नियमित संचालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् ।
अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *