पद्माेदय स्कुलकाे व्यवस्थापन समितिमा आफूहरूलाई मतदान गर्न संयुक्त समुहको आग्रह

घोराही, २४ चैत
दाङकै जेठो विद्यालय पद्योदय पब्लीक माध्यमिक विद्यालय भरतपुरको भोलि हुदै गरेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा संयुक्त समूहका उम्मेदवारहरुले आफूहरुलाई मतदान गर्न अभिभावकहरुलाई आग्रह गर्नुभएको छ।

संयुक्त प्यानलका उम्मेदवारहरु धना जिसी, डिकम विएम, शुसिला खनाल र उषादेवी गिरी डाँगीले स्वच्छ वातावरण, व्यवसायीक सिपमुलक गुणस्तरीय शिक्षाको लागी घर, चश्मा, कुर्सी र कार चुनाव चिन्हमा मतदान गरि विद्यालय व्यवस्थापनको जिम्मा आफूहरुलाई दिन अभिभावकहरुसँग आग्रह गर्नुभएको हो ।

विद्यालय सुधारका लागी आफ्नो प्रष्ट योजना र प्रतिवद्धता सहित विद्यालय व्यवस्थापनको जिम्मा लिन आफूहरु अगाडी आएको भन्दै उहाँहरुले प्रतिवद्धता सहित भेट गरिएका र भेट गर्न नसकिएका सबै अभिभावकहरुलाई आफ्ना बालबालिकाको उज्वल भविश्य निर्माणको आधार विद्यालय शिक्षा भएकाले उक्त तहको शिक्षा पाउने वातावरण अभिभावकको चाहना अनुसारको बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनु भएको छ ।

आफ्नो अपिलमा उहाँहरुले भरतपुर स्कुल व्यवस्थापनको जिम्मा आफूहरुले पाएमा नियमित रुपमा अभिभावकसँग अन्र्तकृया र छलफल गरि आफूहरु अगाडी बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *