दाङमा एसईई दिन गएकी विद्यार्थी  शिक्षकबाट बलात्कृत, दोषीउपर कडा कारबाही गर्न अखिल (क्रान्तिकारी) को माग

तुलसीपुर, २२ चैत । पश्चिम दाङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिन गएकी बालिका आफूलाई पढाउने शिक्षकबाट बलात्कृत भएकी छिन् । शिवशक्ति माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

सोही विद्यालयका शिक्षक शान्तिनगर गाउँपालिका –७ निवासी खुमानन्द पौडेलले १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । गत सोमबार करिब ८ बजेतिर शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति माविको प्रशासकीय भवनको भर्‍याङमुनी बलात्कार गरेको बालिकाले आरोप लगाएकी छिन् ।

बालिका सोही विद्यालयमा ‘बोरस’मा बस्दै आएको प्रहरीले बताएको छ । बलात्कार आरोप लागेका पौडेल फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच अखिल (क्रान्तिकारी) दाङले विज्ञप्ति जारी गरेर विद्यार्थी बलात्कारमा संलग्न दोषी उपर कडा कारबाहीको माग गरेको छ ।
सङ्गठनका अध्यक्ष गिरबहादुर महराले विज्ञप्ति निकालेर घटनाको विषयमा आरोपीलाई घरबाट नियन्त्रणमा लिइएको भन्ने कुरा बाहिर आए पनि अहिलेसम्म फरार भनेर सूचना बाहिर ल्याउनु गम्भिर भएको उल्लेख गर्नुभएको छ । उहाँले तत्काल दोषी शिक्षकलाई बर्खास्त गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ । साथै बालिकाको गोपनीयता र सुरक्षालाई दिन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *