सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते

सल्यान, २२ चैत । सल्यानमा भरुवा बन्दुकको छर्राले एक बालिकाको मृत्यु भएको छ भने अन्य तिन बालबालिका घाइते भएका छन्। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका ७ निवासी ९ वर्षीया पूजा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार बन्दुकको छर्रा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।


यस्तै अर्की ५ वर्षीया बालिका यमुना आले, ८ वर्षीय तेजेन्द्र आले र ३ वर्षीय देवी घर्ति घाइते भएका छन्। घाइते मध्य यमुनाको अवस्था गम्भिर रहेकाले बाँकेमा सामान्य उपचार पछि थप उपचारका लागी काठमाडौँ रिफर गरिएको छ ।


अन्य दुईजना भने उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ । सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका बालबालिकालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ । घटना कसरी भएको भन्ने नखुलेको र बेलबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उहाँको भनाई रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *