घोराहीमा आज जनवादी सांगीतिक प्रस्तुति हुँदै, प्रवेश नि:शुल्क

चेतना अनलाइन

घोराही, १० चैत । दाङको घोराहीमा आज शुक्रबार जनवादी गायक जीवन शर्मासहितका कालाकारहरुको प्रस्तुति रहने भएको छ । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आइपुगेका छन् ।

संगीत अभियात्राले बिहीबार घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेका जानकारी गराएको थियो ।

संगीत अभियात्राको आयोजनामा आज शुक्रबार घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक प्रस्तुतिका लागि शर्मासहितका १८ जना कलाकार घोराहीमा केन्द्रित भएका हुन् ।

कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।

उक्त कार्यक्रममा आयोजकले प्रवेश निःशुक रहेको जानकारी दिँदै कार्यक्रममा सहभागित भइदिन सबैलाई अनुरोध गरेको छ । कार्यक्रम आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *