शिक्षक अधिकारी पुन: एकीकृत अखिल नेपाल शिक्षक संगठनमा

चेतना अनलाइन

घाेराही, ४ चैत । माध्यामिक विद्याल भरतपुर दाङमा कार्यरत शिक्षक माेहन कुमार अधिकारी पुन : नेकपा (माओवादी केन्द्र) सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध हुनुभएको छ ।

अधिकारीले आज विज्ञप्ति निकालेर लामाे समय देखि विभिन्न जिम्मेवारी र भूमिकामा रहेर एकीकृत अखिल नेपाल शिक्षक संगठनमा काम गर्दै आएकाे तर, केही असन्तुष्टिका कारण केही समय पहिले नेकपा एमाले सम्बद्ध अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेकाे उल्लेख गर्नुभएको छ । तर, अहिले असन्तुष्टिका विषयहरू सहज र सामान्य बनेका कारण पुन: एकीकृत अखिल नेपाल शिक्षक संगठनमै आवद्ध गरेकाे अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

अधिकारीले साथै यसबाट पर्न गएकाे कुनै पनि प्रभावलाई सामान्यरूपमा लिइदिन सम्बन्धित सबैलाई अनुराेध गर्नुभएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *