जनता बहुमुखी क्याम्पसमा समाजवादी विरूद्घ ६ विद्यार्थी संगठनकाे गठबन्धन

चेतना अनलाइन

घाेराही, ४ चैत । दाङकाे गढवा गाउँपालिका स्थित जनता बहुमुखी क्याम्पस गढवामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू बिरूद्घ जिल्लामा क्रियाशिल ६ ओटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा निकट अखिल (क्रान्तिकारी) विप्लव, राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठन र जनमोर्चा निकट अनेरास्ववियु छैठौंले संयुक्त बैठक गरेर गठबन्धन गर्नेछ निर्णय गरेका हुन् ।

संगठनहरूले विज्ञप्ति निकालेरसंयुक्त प्यानलबाट साझा रुपमा रहेका उम्मेद्वारहरुलाई विजयी गराउनका अपिल गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published.