सहिद स्मृति विद्यालयको सिभिल लुम्बिनीमै उत्कृष्ट

चेतना अनलाइन

दाङ , ३ चैत्र दाङको तुलसीपुर उपमहानगपालिका १७ स्थित सहिद स्मृति आवासीय विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, लुम्बिनी ( सिटिईभिटी ) को यस वर्षको नतिजामा लुम्बिनी प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ ।

परिषदल बिहिबार निकालेको नतिजा अनुसार सो विद्यालयमा अध्यापन हुने डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पहिलो वर्ष पहिलो सेमेस्टरमा विद्यालयले ६१.७६ प्रतिशत विद्यार्थी पास गराएर लुम्बिनी प्रदेशमै पहिलो हुन सफल भएको हो ।

गतवर्ष भएको परिक्षामा लुम्बिनी प्रदेशमा रहेका सिभिल इञ्जिनियरिङ पढाइ हुने ३० वटा विद्यालय सहभागि भएका थिए । सिटिइभिटीका अनुसार सो कार्यक्रममा लुम्बिनी प्रदेशमा गतवर्ष जम्मा १ हजार १८ विद्यार्थीले परिक्षा दिएका थिए । जसमध्ये लुम्बिनी प्रदेशभरी जम्मा १ सय ९४ जना विद्यार्थी मात्र पास भएका छन् ।

विद्यालयका प्रधानाध्यापक धनेश्वर पोख्रेलले विद्यार्थी तथा प्रशिक्षकहरुको मेहनतले यो नतिजा हात पार्न सफल भएको जानकारी दिए ।

विद्यालयमा २०७६ साल देखी सिटिइभिटी अन्तर्गतको डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक पोख्रेलले हाल विद्यालयले दक्ष प्रशिक्षक, पूर्ण भौतिक पूर्वाधार, उत्कृष्ट ल्याब , विद्यार्थीका लागि छात्रवृति, सहिद अपाङ तथा घाइते परिवारका विद्यार्थीका लागि शुल्कमा विशेष छुट सहित विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको जानकारी दिदै आगामी दिनमा विद्यार्थीहरुका लागि सेवा सुविधा थपिने पनि जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *