घोराहीमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै, कार्यक्रममा पल शाहसहितका कलाकार आउने

चेतना अनलाइन

घोराही, १ चैत । दाङको घोराहीमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले यही चैत्र ९ देखि ११ गतेसम्म घोराही -१४ झिगौंरामा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम आयोजकले बुधबार घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सांस्कृतिक कार्यक्रममा नायक पल शाहसहित गायक प्रमोद खरेल, गायक पसुपती शर्मा लगायत कलाकार आउने भएका छन् । साथै कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति रहने समेत आयोजकले जानकारी दिएको छ ।

नायक पल शाह भने चैत्र ११ गते शनिवार आउने कार्यक्रम रहेको मुल आयोजक समितिको संयोजक केशब नेपालीले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *