मावि सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निशान दाजु भट्टराई निर्वाचित

घोराही । तत्कालिन सौडियार गाविस हाल घोराही ७ सौडियारकै जेठो तथा पुरानो माध्यमीक विद्यालय मावि सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा समाजसेवि तथा शिक्षा प्रेमि निशानदाजु भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

घोराही ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य खोपिराम चौधरीसहीत ७ जना विद्यालय ब्यवस्थापन समिति सदस्यहरुको आज विद्यालयको कार्यकक्षमा बसेको बैठकले बुद्जिवि तर्फवाट पुरुष सदस्यमा मनोनित गर्दै भट्टराईलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरीएको हो । सामाजिक क्षेत्रमा कृयाशिल पत्रकार भट्टराई सो विद्यालयका पुर्व विद्यार्थिसमेत हुन् ।

त्यस्तै विद्यालय ब्यवस्थापन समितिको सदस्यहरुमा घोराही ७ सौडियारका लक्ष्मि विक, जवरपुरकि यमकला पुन मगर, धर्ना बसन्तापुरका भोजराज रावत, सौडियारका जिउधन चौधरी, वेलडाडाकि पार्वति कुर्मि निर्विरोध चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष भट्टराईसहीत सदस्यहरुलाई वडा अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, शिक्षकहरुले टिका,खादासहीत फुल मालाले वधाई तथा शुभकामना दिएका थिए । नव निर्वाचित विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भट्टराइले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउदै विद्यालयलाई सबै हिसावले नमुना बनाउन सामुहीकरुपमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *